कम्पनीहरुलाई प्रदान गर्दै बल्क बस्टर नेपाली फिल्म अवार्ड

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

काठमाडौ । विगत लामो समय देखि आयोजना हँदै आएको नेपाली चलचित्र क्षेत्रको पुरानो कार्यक्रम बल्क बस्टर नेपाली फिल्म अवार्ड चैत २८ मा हुने कार्यक्रमको लागि अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन द्दद्ध अबचबत ले साथ दिने भएको छ । अभनिस डिस्टिलरी प्रालिले राजधानीमा एक कार्यक्रम आयोजना गरि कार्यक्रम आयोजक बक्स अफिसका अध्यक्ष आर.के. सुवेदी, संस्थाका सदस्य सुनिल प्रसाद श्रेष्ठ र कम्पनीको प्रशासन व्यवस्थापक सबन चापागाईं, बजार व्यवस्थापक निराजन न्यौपाने बीच अवार्ड आयोजनाको सहकार्यको सम्झौता भएको छ ।

 https://www.youtube.com/watch?v=_4eJgnEsTto

गत बर्ष झै नयाँ बर्षलाई स्वागत पुरानो बर्षलाई बिदाइ गर्दै चैत्र २८ मा अवार्ड र चैत ३० मा रमाईलो मैत्रीपुर्ण फुटबल आयोजना हुन बताईएको छ । बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै भब्य आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लब नेपालले जनाएको छ । गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउने चलचित्र लब स्टेसन गरि झन्डै ८३ चलचित्रहरुको सहभागीता रहने छ । पूरा एक बर्षको व्यापारिक नापतौलको आधारमा विभिन्न बिधाबाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समीक्षाको रुपमा अवार्डबाट सम्मान गरिन लागिएको अवार्ड आयोजक तथा अध्यक्ष आर.के सुबेदीले बताए । यसैगरी २०७५ लाई सफल चलचित्र दिने निर्मातालाई बक्स अफिस ट्रफी र व्यापारिक रुपमा सुपर हिट चलचित्र दिने निर्मातालाई बक्स अफिस सिल्डबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

०७५ चैत २९ गते नयाँ वर्षको मुखमा प्रदर्शिन चलचित्र लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबि, नाई न भन्नु ल ५, कायरा ,इन्टुमिन्टु लण्डन, भैरे, रामकहानी, चंगा चेट, प्रसाद, क्याप्टेनलाई सिनेमा हलहरुमा दर्शकहरुले अन्य चलचित्रलाई भन्दा बढी मनपराएकोे पाईन्छ । यी १२ चलचित्रका निर्माता बल्क बस्टर अवार्ड आयोजनाको मुख्य केन्द्रमा अटाउन सफल भएका छन् । चलचित्र क्षेत्रलाई आर्थिक रुपले समृद्धि बनाउन केही हदसम्म महत्वपूर्ण योगदान दिने यी असफलताको भीडमा अन्य भन्दा सफल चलचित्र दिने निर्मातालाई हौसला प्रदान गर्न चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र नृत्यकारसंघका अध्यक्ष वसन्त श्रेष्ठ, द्वन्द्व कलाकार संघका अध्यक्ष सूर्य थोकर, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, वरिष्ठ कलाकार नीर शाह, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री करिष्मा मानन्धरलाई सम्मान गर्न आयोजक पक्षले निमन्त्रणा गरिसकेको छ भने बल्क बस्टर अवार्डको मुख्य समीक्षाको रुपमा श्रोत मान्दै आएका वास्तविक वितरकहरुको विशेष उपस्थित रहने भएको छ । बल्क बस्टर अवार्डमा निर्माता र वितरकहरुको विशेष उत्सव भएकोले आयोजकले वरिष्ठ वितरक उज्जवल पौडेल, मनोज राठी, सुनिल मानन्धर, गोपालकाजी कायस्थ, गोविन्द शाही, नरेन्द्र महर्जन, विक्रम पराजुली, केदार पराजुली, रोहीत कट्टेल, रत्न श्रेष्ठलाई पुरस्कार वितरण कार्यक्रममा हर्ष उल्लास बनाउन विशेष निमन्त्रण गरेको छ ।

 

अवार्ड आयोजनाको अवसरमा संस्थाले आफ्नो संस्थापक कालदेखि नै अवार्ड तथा सम्मान कार्यक्रममा अग्रज पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाइ यो बर्ष पनि बर्षको सकृयताको मुल्यांकनको आधारमा एकजना सक्रिय, एकजना निरंतरता र एकजना अग्रज रंग पत्रकारलाई नगद धनराशि सहित सम्मान गरिने कार्यक्रम रहेको छ । सम्मान राशीको पुरस्कार समाजसेवि, व्यापारी तथा चलचित्र निर्माता, निर्देशक एवम् विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकनाथ (एलएन) गौतमले निरन्तरता दिएका छन् । संचार क्षेत्रमा बिगत लामो समयदेखी लागिपरेको र संचार क्षेत्र सम्बन्धि पुरानो संस्थाले आयोजना गर्ने अवार्ड कार्यक्रम भएकोले अवार्ड, सम्मान संगै पत्रकारिता पुरस्कार महत्वपूर्ण मानिएको छ । संस्थाले आफ्ना गतिबिधि लगायतका सामग्रि समेटिएको स्मारिका प्रकाशन गर्ने भएको छ । त्यसैगरी बक्स अफिसले चैत्र २८ गते आफनो अवार्ड कार्यक्रम सम्पन्न गरेपछि चैत्र ३० गते शनिवार प्रहरी मुख्य कार्यालयमा रहेको खेल मैदानमा विगतको तिता मिठा घट्ना बिर्सदै पुरानो बर्षलाई बिदाई नयाँ बर्षलाई स्वागत गदै विभिन्न चलचित्रकर्मीहरु बीच रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना गर्ने भएको छ । यी दुवै कार्यक्रमलाई मात्र होइन बक्स अफिसले नियमित रुपमा आयोजना गर्दै आइरहेको बल्क बस्टर नेपाली फिल्म अवार्ड, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड, नेशनल बक्स अफिस म्युजिक भिडीयो अवार्ड, ग्लोबल मोशन पिक्चर्स अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड तथा विविध रचनात्मक कार्यक्रमहरुलाई पनि सम्झौता गरिएको प्रायोजनमा निरन्तरता दिने प्रायोजक कम्पनीको तर्फबाट प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु