नेशनल फिल्म फेयर अवार्डको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार
box office film fare award

काठमाडौं । नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपले ११ औं सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजानिक गरेको हो । बक्स अफिसले ११ औं संस्करणको नतिजा आगामी नोभेम्बर २४ तारिख टोकियो टावरमा सार्वजानिक गर्ने र आगामी डिसेम्बर २८ मा अस्ट्रेलियामा समापन गर्ने लक्ष्य सार्वजानिक गरेको हो ।
नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले आफनो ११ औं संस्करण विश्वकै अग्लो टावर टोकियो टावरमा अवार्ड सार्वजानिक गरी समापन कार्यक्रम अष्ट्रेलियामा गर्न लागेको हो । नेपाली चलचित्र जगत मै पहिलो पटक फिल्म अवार्डको पत्रकार सम्मेलन मलेशियामा, उत्कृष्ट ५ नोमिनेसन सिगापुरमा, ग्राइन्ड फाईनल जापान टोकियो टावरमा र समापन तथा धन्यवाद कार्यक्रम आयोजना अस्ट्रेलियामा गर्न लागेको सम्भव त पहिलो पटक हो ।
उक्त अभियान कार्यक्रम अन्र्तरगत प्रेस रिलिज कार्यक्रम मलेशिया र उत्कृष्त ५ नोमिनेसन सार्वजानिक कार्यक्रम गत साता मलेशियामा सम्पन्न भएको छ ।
बडादशैंको अवसर पारेर बक्स अफिस इन्टरनेरनेसनल ग्रुप, नेपाली प्रवाशी सितोरियो कराँते सघं मलेशिया, मलेशिया नेपाली कलाकार सघं मलेशियाले सयुंक्त रुपमा आयोजना गरेको पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्ड कार्यक्रम आयोजनाको अवसरमा यस्ता विविध कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।
आर्थिक बर्ष निर्माण भै सार्वजनिक भएका ८३ वोटा चलचित्रहरु ९ सदस्य जुरिले अबलोकन गरि उत्कृष्ट पाँचको नोमिनेसन सार्वजनिक गरिएको थियो ।
नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ संस्करणमा सार्वधिक १६ विद्यामा चलचित्र प्रेमगीत २ परेको छ भन्ने बर्षको सार्बधिक सफल चलचित्र छक्का पन्जा २ र ए मेरो हजुर २ ले आफुलाई अब्बल साबित गरेको आयोजकले दाबी गरेको छ ।
माहामहीम राजदुत डा.उदयराज पाण्डे, नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल, एन.आर. एन. ए. अध्यक्ष हरि भट्टराई लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको गरिमामय उपस्थितिमा मलेसियामा बसेर पनि राष्ट्र र जनताको पक्षमा योगदान पु¥याउनु हुने ५० भन्दा बढि प्रतिभा तथा विभिन्न क्षेत्रमा सकृय संस्थाहरुलाई पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्डबाट सम्मान गरिएको छ । पृथ्वी परिक्रमा नागरिक सम्मान तथा अवार्ड सफल पार्न नेपालबाट विभिन्न व्यक्तित्वहरु मलेसियामा पुगी ११ आंै नेशनल बक्स अफिस फिल्म फियर अवार्डको उत्कृष्ट ५ नोमिनेसन सार्बजनिक कार्यक्रम सिंगापुरमा सरिक हुनुभएको थियो ।
११ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ को नोमिनेसन कार्यक्रममा अवार्ड सहभागी ८३ वटा चलचित्रका सर्जकहरुले अवार्ड को प्रतिस्पर्धा रहेको ३२ बिधा जुरिको तर्फबाट र १० पपुलर बिधा आयोजक तर्फबाट गरि कुल ४२ बिधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको छन् ।
आर्थिक बर्ष रिलिज भै सार्बजनिक भएका २०१९ का ८३ चलचित्रमध्ये दोस्रोमा ए मेरो हजुर २ चलचित्र १५ विद्यामा, छक्का पञ्जा २ चलचित्र १४, विद्या घाम पानी ले १२ विद्यामा आफुलाई सर्वाेत्कृष्ट प्रमाणीत गर्न दाबेदारी पेश गरेका छन् ।
यिनलाई पछयाउँदै मङंगलम चलचित्रले १० विद्या, ऐश्वर्य, म यस्तो गीत गाउँछु र कृ ले पनि १० विद्यामा आफुलाई नम्बर एकको दाबि गरेका छन् ।
उत्कृष्ट पाँच चलचित्रमा छक्का पन्जा २, प्रेम गीत २, मंगलम, ए मेरो हजुर २ र घामपानी छानिएका छन् ।
यिनै चलचित्रले ४२ बिधामा आफुलाई अबल देखिएका छन् । त्यस्तै निर्देशकमा शिवम अधिकारी पञ्चायत, दिपाश्री निरौला छक्का पन्जा २, सुदर्शन थापा म यस्तो गीत गाउछु र नवल नेपाल मंगलम सर्वोउत्कृष्ट निर्देशकमा उत्कृष्ट पाँचमा आउनु भएको छ ।
उत्कृष्ट नायिकामा निता ढुंगना पञ्चाएत, केकी अधिकारी घाम छायाँ, पुजा शर्मा म यस्तो गीत गाउँछु, स्वेता खड्का कान्छी र बेनिसा हमाल चलचित्र ब्लाइन रक्सबाट अवार्डको लागि चुनिएका छन् ।
यसैगरी २०१९ को अभिनेतामा पुस्कल खड्का मंगलम, दयहाङ राई कान्छी, अनमोल केसी कृ, सौगात मल्ल पञ्चेबाजाबाट नेसनल बक्स अफिस फिल्म फियर अवार्डमा आफ्नो दाबेदरी प्रस्तुत गरेको छन् ।

समग्रमा कुल ४२ बिधाका अधिकांस नोमिनेसन उत्कृष्ट ५ चलचित्रबाट धेरै छानिएका छन् भन्ने अन्य थुप्रै कुल ४२ बिधामा आफुलाई अबल साबित गरेको छ्न । नोमिनेसन हेर्दा जुरिले व्यावसायिक सफल, समिक्षक र आम दर्शकले मन पराएका चलचित्र प्रति न्याय गरेको देखिन्छ ।
सिंगापुर नोमिनेसन सार्वजनिक अगाडि फिल्म अवार्डको बारेमा मलेसियाको ग्राइन्ड होटेलमा नेपाली चलचित्र इतिहासमै पहिलो पटक मलेसियामा प्रेस मिट,सिंगापुरमा उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक, विश्वकै सबैभन्दा अग्लो टावर टोकियो टावरमा ग्राइन्ड फाइनल अवार्ड सार्वजनिक र अस्ट्रेलियामा समापन कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन पनि सम्पन्न भएको छ ।
११ औं नेसनल बक्स अफिस फिल्म फियर अवार्डको पत्रकार सम्मेलनमा मलेसियामा क्रियाशील नेपाली पत्रकारको जिज्ञासा बारे अवार्ड अध्यक्ष राम बाहादुर सुवेदी (आरके) ले नेशनल बक्स अफिस फिल्म फियर अवार्डले यस भन्दा आगाडी पनि पटकपटक गरि विश्वमै पहिलो पटक समुन्द्री मुनि, समुन्द्री माथी ,उडिरहेको हवाई जहाज र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज वुक अफ द वर्ड रेकड कायम गरि नयाँ संस्करण फरक फरक देशहरूमा गर्न लागेको बताए ।
प्रेस मिटमा बोल्दै अभिनेता धिरेन शाक्यले नेपालमा बक्स अफिस अवार्ड को आफ्नै पोहिचान छ । बक्स अफिस अवार्डले विश्व रेकर्ड मात्रै राखेको छैन चलचित्र इतिहासमा पहिलो पटक राष्ट्रिय रंगशालामा,बिदेशी भुमि युएई दुवाइमा अवार्ड आयोजना ,अरबियन मुलुक ,युरोपेली मुलुक ,दक्षिण एसियाली मुलुकमा समेत पहिलो पटक अवार्ड आयोजना सफल पारी चलचित्र बजारमा ऐतिहांसिक कार्य गरेको बताए भने मनोरञ्जन मैत्रीपूर्ण फुटबल आयोजनाहरुमा बक्स अफिसले देश बिदेशमा एक क्षेत्र चलायनमान गरेको औलाउनु भयो ।
मलेसियामा आयोजित ११ औ बक्स अफिस फिल्म फियर अवार्डको पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता तिल बाहादुर कार्की, कलाकार बिपना बस्नेत लगायत थुप्रे बक्ताले बक्स अफिस अवार्ड नेपाली चलचित्रको एक ऐतिहांसिक इतिहास भएकोमा गर्व लागेको बताए ।
तेसैगरी नोमिनेसन सार्बजनिक सिंगापुर समहारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफू पहिलो पटक फिल्म अवार्ड कार्यक्रममा यसरी बिदेश आएको तर बक्स अफिस इन्टरनेसनल ग्रुपको अनौठो गतिविधि देखि धेरै लै खुशी लागेको बताउनु भयो ।
पौडेलले नेपाली फिल्म अवार्डको प्रेस मिट,उत्कृष्ट पाँच नोमिनेसन र फाइनल अवार्ड फरक फरक देशमा आयोजना गर्नु आफैमा अकाल्पनीय र यस्ता रचनात्मक कार्यक्रमहरुमा आफु उपस्थिति हुनपाउदा गर्व महसुस भएको बताउनु भयो । नोमिनेसन सार्बजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली चलचित्र गीत संगीत हुर्काउन बिदेशमा बस्ने नेपाली नागरिकहरुको ठुलो योगदान रहेको चर्चा गर्दै प्रतिस्पर्धा गर्नुहुने सस्थाहरुमा सफलताको शुभकामना दिनु भयो ।
११ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ को एक मुस्ट विवरण यसप्रकार रहेको छ ।

१.उत्कृष्ट पाँच मेकअप
क) मनोज राणा – ए मेरो हजुर २
ख) सरोज वुदाथोकी – कान्छी
ग) विना राई – लिली बिली
घ) सरोज पाण्डे – म यस्तो गीत गाउँछु
ङ) निमा राई – पञ्चायत

२. वर्षको उत्कृष्ट एनिमेशन
क) अच्युत लामिछाने – राधे
ख) ग्लोज ईन्टरटेण्टमेण्ट – कृ
ग) अक्की शर्मा – पिजंडा ब्याक अगेन
घ) सत्यम राणा – रुद्र
ङ) श्रीकृष्ण श्रेष्ठ – ए मेरो हजुर

३. बर्षको उत्कृष्ट पाश्र्व संगीतस् द्दण्ज्ञढ
क) रोहित शाक्य – घामपानी
ख) एलिश कार्की – प्रेमगीत २
ग) उत्तम न्यौपाने – कृ
घ) रोहित शाक्य – पर्व
ङ) शैलेस श्रेष्ठ – ए मेरो हजुर २

४. बर्षको उत्कृष्ट ध्वनी मिश्रण
क) उत्तम न्यौपाने – कृ
ख) मुकेश शाह – मंगलम
ग) सुन्यमान श्रेष्ठ – छक्का पञ्जा २
घ) उत्तम न्यौपाने – ए मेरो हजुर २
ङ) मुकेश शाह – प्रेमगीत २

५. बर्षको उत्कृष्ट गीतकार
क) सुदर्शन थापा – भन्छु आज – म यस्तो गीत गाउंछु
ख) अर्जुन पोखरेल – तिमी रोएको पल – एैश्वर्य
ग) बस्नत सापकोटा – किनी देउन साइला दाई – ए मेरो हजुर २
घ) दिपक शर्मा – पर्ख पर्ख मायालु– मंगलम
ङ) राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

६. वर्षको उत्कृष्ट पांच संगीतकार
क) कल्याण सिहं – काहानी यो प्रेमगीतको – प्रेमगीत २
ख) दिपक शर्मा – पर्ख पर्ख मायालु – मंगलम
ग) बसन्त सापकोटा – कसम हो कसम – प्रेमगीत २
घ) विकाश चौघरी – घिनघिन मादल – पञ्चेवाजा
ङ) अर्जुन पोखरेल – तिमी रोएको पल – ऐश्वर्य

७. वर्षको उत्कृष्ट पाँच गायक
क) सुगम पोखरेल – तिमी रोएको पल – ऐश्वर्य
ख) प्रताप दास – चल्नै छादयो – लिलिबिलि
ग) कृष्ण काफ्ले – पर्ख पर्ख मायालु – मंगलम
घ) अभिजित – मान्छे हँुं म – राधे
ङ) राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

८.वर्षको उत्कृष्ट पाँच गायिका
क) अञ्जु पन्त – तिमी रोएको पल – एैश्वर्य
ख) विन्दु परियार – पर्ख पर्ख मायालु – मंगलम
ग) साधना सरगम – किनीदेउन साइला दाइ – ए मेरो हजुर २
घ) माधुरी भट्टचारय – लडे लडे समाउ मलाई – तिमी संग
ङ) अञ्जु पन्त – चरी चट्ट परि – कान्छी

९. बर्षको उत्कृष्ट पांच नृत्य निर्देशक
क) बसन्त श्रेष्ठ – चरी चट्ट परि – कान्छी
ख) कविराज गहतराज – तिमी रोएको पल – ऐश्वर्य
ग) रेनशा राई – यति यति पानी – कृ
घ) कविराज गहतराज – पर्ख पर्ख मायालु– मंगलम
ङ० रामजी लामिछाने – तिमी नि आधा– राधे

१०. वर्षको उत्कट पांच द्वन्द निर्देशक
क) हिमाल के. सी. – पिजडा ब्याक अगेन
ख) चन्द्र पन्त – कृ
ग) सम्राट बस्नेत– ग्याङस्टार ब्लुज
घ) अष्ट महर्जन – प्रेम गीत –२
ङ) एन. वि. महर्जन – धुम –२

११.बर्षको उत्कट पाँच बाल–कलाकार
क) रञ्जना गुरागाईं – धुम –२
ख) प्रिन्स रिजाल – डा. खाते
ग) अनुभव रेग्मी – ए मेरो हजुर २
घ) सुधाप अधिकारी – पलांस
ङ) धोजी कोईराला – पञ्चायत

१२. बर्षको उत्कट पाँच हाँस्य–कलाकार
क) राजाराम पौडेल– म यस्तो गीत गाउंछु
ख) जयकिशन बस्नेत – धुम २
ग) केदार घिमिरे – छक्का पञ्जा २
घ) जीतु नेपाल – छक्का पञ्जा २
ङ) बुद्धी तामाङ्ग – ए मेरो हजुर २

१३. बर्षको उत्कृष्ट पांच खलपात्र
क) अंकित खड्का – घामपानी
ख) अनुप विक्रम शाही – कृ
ग) सन्तोष सेन – प्रेमगीत – २
घ) प्रशान्त ताम्राकार – ऐश्वर्य
ङ) प्रमोद अगा्रहरी – राधे

१४.बर्षको उत्कृष्ट पांच कथा
क) शिवम अधिकारी – पञ्चायत
ख) गोविन्द फुयाल – मंगलम
ग) रामशरण पाठक – प्रेमगीत –२
घ) दिेपेन्द्र लामा – घामपनी
ङ) जगदीश्वर थापा – राधे

१५.बर्षको उत्कृष्ट पांच पटकथा
क) गोविन्द फुयाल – मंगलम
ख) प्रदिप भारद्धाज– लिली विली
ग) दिपकराज गिरी – छक्का पन्जा २
घ) दिपेन्द्र लामा –घामपानी
ङ) शिशिर राणा– तिमीसंग

१६. बर्षको उत्कृष्ट पांच सम्वाद
क) दिपकराज गिरी – छक्का पन्जा २
ख) दिपेन्द्र लामा – घामपानी
ग) दिपाकर भट्टराई – ऐश्वर्य
घ) प्रदिप भारद्धाज – लिली विली
ङ) शिवम अधिकारी – पन्चा २

१७. बर्षको उत्कट पांच नवनायिका
क) जशिता गुरुङ्ग –लिली विली
ख) दिपिका प्रसाई – ऐश्वर्य
ग) सारा सिर्पाली – रुद्र
घ) अदिती बुढाथोकी – कृ
ङ) अस्लेशा ठकुरी – प्रेम गीत २

१८. बर्षको उत्कट पाँच नवनायक
क) स्वरुपपूरुष ढकाल – छक्कापन्जा २
ख) सारुक – रानी
ग) शन्नी सिंह – डायरी
घ) शलिममान वानिया – ए मेरो हजुर २
ङ) सुरज पाण्डे – लबलब लब

१९. बर्षको उत्कट पांच नव निर्देशक
क) शिशिर राणा – तिमीसँग
ख) झरना थापा– ए मेरो हजुर २
ग) दिपेन्द्र लामा घामपानी
घ) अवशिफ शाह – सायद २
ङ) हिमाल के।सी।– पिजंडा व्याक अगेन

२०. वर्षको उत्कृष्ट पांच चरीत्र अभिनेत्री
क) मिथिला शर्मा – मंगलम
ख) हिउंवााला गौतम – राधे
ग) गौरी मल्ल – व्लाईण्ड रक्स
घ) लक्ष्मी गिरी – छक्का पन्न्जा

२१. बर्षको उत्कृष्ट पांच चरीत्र अभिनेता
क) शशिल पोखरेल – राधे
ख) शिवहरी पौडेल – छक्का पन्जा २
ग) पुष्कर गुरुङ्ग
घ) हरिवंश आचार्य –शत्रुगत
ङ) प्रकाश घिमिरे – घाम पानी

२२. बर्षको उत्कृष्ट पांच सह–अभिनेता
क) नाजिर हुसैन – तिमीसंग
ख) जितु नेपाल – छक्कापन्न्जा २
ग) वुद्धी तामाङ्ग – २ रुपैया
घ) सलोन बस्नेत –ए मेरो हजुर २
ङ) रोहित रुम्बा – नेप्टे

२३. वर्षको सर्वोत्कृष्ट सह–अभिनेत्री
क) माला लिम्बु — पर्व
ख) मेनुका प्रधान – हिटलर
ग) वर्षा राउत – छक्कापन्जा २
घ) आशिष्मा नकर्मी – संरक्षण
ङ) रोजिशा शाही – ग्याङ्ग स्टार व्लुज

२४.बर्षको उत्कृष्ट पांच छायाँकार
क) राजेश श्रेष्ठ– ऐश्वर्य
ख) शेलेन्द्र डि. – घामपानी
ग) पुरुषोत्तम प्रधान – कृ
घ) संजय लामा – ए मेरो मजुर २
ङ) सुदिप वराल – लिली विली

२५. वर्षको उत्कृष्ट पांच सम्पादन
क) सुरेन्द्र पौडेल – कृ
ख) निमेष श्रेष्ठ – घामपानी
ग) विपिन मल्ल – छक्कापञ्जा २
घ) वनिष शाह – प्रेमगीत २
ङ) मित्र डि गुरुङ्ग – शत्रुगते

२६.बर्षको उत्कट पांच अभिनेत्री
क) नीता ढुंगाना – पंचायत
ख) केकी अधिकारी –घामपानी
ग) पूजा शर्मा – म यस्तो गी गाउंछु
घ) स्वेता खड्का – कान्छी
ङ) वेनिशा हमाल – व्लाइण्ड रक्स

२७. बर्षको उत्कट पाँच अभिनेता
क) पुष्प खड्का – मंगलम्
ख) दयाहाङ्ग राई – घामपानी
ग) अनमोल के.सी. – कृ
घ) प्रदिप खड्का–प्रेमगीत २
ङ) सौगात मल्ल – पन्चेबाजा

२८. बर्षको उत्कट पाँच चलचित्र
क) छक्कापन्जा
ख) प्रेमगीत २
ग) ए मेरो हजुर २
घ) घामपानी
ङ) मंगलम्

२९. बर्षको उत्कृष्ट पांच निर्देशक
क) शिवम् अधिकारी – पञ्चायत
ख) प्रदिप भट्टराई –शत्रुगते
ग) दिपाश्री निरौला – छक्कापन्जा २
घ) सुदर्शन थापा – म यस्तो गीत गाउंछु
ङ) नवल नेपाल – मङंगलम

३०. बर्षको उत्कट पांच वितरक
क) सुनिल मानन्धर – म एस्तो गीत गाउछु
ख) गोपाल कायस्था – छक्का पन्जा २
ग) गोविन्द शाही – ए मेरो हजुर २
घ) नरेन्द्र महर्जन – प्रेम गीत २
ङ) उज्ज्वल पौडेल – प्रेम गीत २

३१. वर्षको उत्कट पाँच पोष्टर डिजाईनर
क) कान्छी
ख) म यस्तो गीत गाउछु
ग) घामपानी
घ) कृ
ङ) ए मेरो हजुर २

३२. बर्षको उत्कृष्ट पांच निर्माण नियन्त्रक
क) लिलिबीलि
ख) म यस्तो गीत गाउछु
ग) प्रेम गीत
घ) छक्का पञ्जा २
ङ) ए मेरो हजुर २

३३. बर्षको उत्कट पाँच स्टुडियो
क) बि.जि.बि स्टुडियो – छक्का पञ्जा २
ख) फिल्म मोसन – ए मेरो हजुर २
ग) रेड स्टुडियो – प्रेम गीत २
घ) सिनेजोन स्टुडियो – म यस्तो गीत गाउछु
ङ) अस्लेशा स्टुडियो – ऐश्वर्य

३४. बर्षको उत्कृष्ट पाँच अवार्ड आयोजना
क) एल.जि. अवार्ड
ख) ईमेज म्युजिक अवार्ड
ग) डिसिने अवार्ड
घ) नेस्नल बक्स अफिस म्युजिक अवार्ड
ङ) ग्लोबल मोसन पिक्चर्स अवार्ड

३५. बर्षको उत्कृष्ट पाँच सिनेमा हल
क) गोपिकृष्ण मुभिज प्रा.ली.(काठमाण्डौ)
ख) अस्ट नारायण पिक्चर्स हल प्रा.ली.(काठमाण्डौ)
ग) श्रीकृष्ण हल (पोखरा)
घ) क्यु एफ एक्स (राजधानी)
ङ) उत्तरशिला दमौली (मोफसल )

३६. बर्षको उत्कृष्ट पाँच विशेष फिल्म
क) पञ्चायत
ख) डा.खाते
ग) पङना
घ) स्काउट
ङ) हामी शरर्णाथी

बर्षको उत्कृष्ट पांच प्रोमो
क) छक्का पन्जा २
ख) कृ
ग) ए मेरो हजुर ३
घ) म यस्तो गीत गाउछु
ङ) प्रेम गीत ३

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु