आवरण स्किन एण्ड हेयर क्लिनिकको नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७८, बुधबार

काठमाडौं । दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७८ को पूर्व सन्ध्या पारेर दरबारमार्गस्थित क्लिनिकमै आयोजित एउटा अनौपचारिक समारोहमा मिस नेपाल वर्ल्ड-२०२१ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा मनोविद प्रज्ञा सुवेदीले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

उक्त क्यालेण्डरको आवरण क्लिनिकमै मिस नेपाल अर्थ–२०२१ सुप्रिया श्रेष्ठलाई फिचर गरिएको छ ।

क्यालेण्डरमा विभिन्न मोडल तथा सौन्दर्य प्रतियोगिताका विजेताहरुलाई फिचर गरिएको छ ।

क्यालेण्डरमा मिस नेपाल अर्थ–२०२१ सुप्रिया श्रेष्ठसहित फेस अफ नेपाल २०२० की विजेता स्मृति नेपाल, नसिफा श्रेष्ठ, मिस सुप्रानेशनल नेपाल २०१८ महिमा सिंहसहित मोडलहरु सिमरन मल्ल, अनिता थापा,अञ्जना बराइली तथा आशिष न्यौपानेलाई फिचर गरिएको छ ।

अनिता तथा आशिष फेस अफ आवरण अनलाइन कन्टेष्टका विजेता हुन् ।

क्यालेण्डर सार्वजनिक गर्दै मिस नेपाल अर्थ–२०२१ सुप्रिया श्रेष्ठले आवरण क्लिनिकले छाला सम्बन्धि सम्पूर्ण विशेषज्ञ उपचार प्रदान गरिरहेकोमा डा.रुपक घिमिरे तथा उनको समुहलाई वधाइ ज्ञापन गरिन् ।

कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराईले आवरण क्लिनिकले छाला तथा केश सम्बन्धि समस्यामा विशेषज्ञ सेवा पुर्‍याइरहेकोमा यसको सेवालाई देशव्यापी बनाउने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा डा.रुपक घिमिरेले आवरण स्किन एण्ड हेयर क्लिनिकलाई छाला तथा कपालको उपचारका लागि पहिलो रोजाइको क्लिनिक बनाउन मेहनतका साथ काम गरिरहेको बताए ।

आवरण स्किन एण्ड हेयर क्लिनिकले लामो समयदेखि स्किन क्लिनिक, हेयर क्लिनिक, प्लाष्टिक सर्जरी, लेजर क्लिनिक आदि क्षेत्रमा विशेषज्ञ सेवा दिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु