• चलचित्र ‘चौबन्दी’को च्यारिटी–शो

    म्यूजिक खबर
    प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार

    काठमाडौं । लोकप्रिय गायिका मिना लामाले निर्माण गरेको चलचित्र ‘चौबन्दी’ प्रदर्शन भएको छ । चलचित्र ‘चौबन्दी’ को जेठ ६ गते शनिबारका दिन च्यारिटी प्रदर्शन भएको हो । काठमाडौं स्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा चलचित्रलाई प्रर्दशन गरिएको हो ।

    चौबन्दी चलचित्र च्यारिटी शो कार्यक्रम पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । ‘चौबन्दी’ चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेबी ब्यक्तित्वहरु र चलचित्र सँग जोडिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । ‘चौबन्दी’ चलचित्र की निर्माता तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

    यस चलचित्रमा स्व. कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा.लि.ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक बिषय बस्तुमा र आफ्नै जिवन कथामा आधारित रहेको कुरा निर्मात्री लामाले बताएकी छिन् । साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोच तुरुन्तै नभएको र बिदेशमा आफु जाने कार्यक्रममा कोसेलीका रुपमा यस “चौबन्दी” चलचित्रलाई लगेर प्रदर्शन गरिने कुरा उनले बताईन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु