चेतन बोहराले ल्याए सबैलाई नचाउने गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

पछिल्लो समयमा सुदुर पश्चिमको देउडा गीतलाई फरक तरिका बाट गाउदै आउनु भएका अहिलेका चर्चित गायक कलाकार चेतन बोहराले फेरि ‘माल’ भन्ने बोलको गीत सार्बजनिक गरेका छन् । धेरै मन छुने तथा आज भोलिका पिडिहरुले रुचाउने गीत गाएर चर्चा कमाईसकेका बोहराले केही हप्ता अगाडि मात्र हान पैतली नामक लोक देउडा बजारमा ल्याएका थिए । बोहराका हरेक गितमा सुदुर पश्चिमका केही टुक्काहरु राखिएका हुन्छन् भने पुराना देउडा भन्दा अलि फरक ढंगबाट प्रस्तुत गरिएका हुन्छन् । यस गीतमा पनि बिच बिचमा सुदुर पश्चिमको भाषाका केही शब्दहरु प्रस्तुत गरिएका छन् । सुदुर पश्चिमको प्रचलन अनुसार ‘माल’ भन्ने शब्द निकै चर्चित अनि प्रख्यात शब्द हो । प्राय ‘माल’ भन्ने बित्तिकै राम्रो बस्तु चिजलाई बुझ्ने गरिन्छ ।

सुदुर पश्चिमको डोटि जिल्लामा जन्म भई आज भोलि कैलालीको लालपुरमा बसोबास गर्दै आउनु भएका बोहराले राजधानी काठमाडौ लाई कर्मथलो बनाउदै आउनु भएको छ । बोहरा अहिलेका चर्चित गायक मध्यका एक गायक हुन । बोहराका लागि गायन क्षेत्रमा फटको मार्न त्यति सजिलो भने पक्कै थिएन तर ठुलो मेहनत अनि कडा परिश्रमले आज गायक बोहरा चर्चित र सबैका मन मुटुमा बस्न सफल बनेका छन् ।बोहराले आफ्नो युटुबच्यानल बाट नै यो गीत सार्बजनिक गरेका छन् भने दुई दिन मै करिब ५० हजार दर्शक श्रोताले हेरिसक्नु भएको छ । भिडियो निर्माणको क्रममा बिक्रम चौहानको निर्देशन,प्रकाश खड्काको क्यामरा र मिलन विशुकर्मा सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु