प्रेमगीत–३ का निर्देशक छेतेन गुरुङको निधन

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७७, बुधबार

काठमाडौं । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । कलेजोको समस्याका कारण उपचारार्थ रहेका उनको गएराती २ बजे निधन भएको हो । छेतनको ४२ बर्षको उमेरमा निधन भएको हो ।

कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ु१ महिना अगाडि कलेजोमा समस्या थियो ।

लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

उनको परिवारमा आमा, भाइ र एक छोरी छन् । श्रीमतीको भने मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु