‘मायालु तिमी मेरो’ भन्दै एकसाथ भेटिए चिरन्जिवी र एलिना

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७७, सोमबार

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक चिरञ्जीवी भण्डारी र पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान यतिबेला ‘मायालु तिमी मेरो’ भन्दै एकसाथ भेटिएका छन् । प्रसंग नयाँ गीतको हो । गायक चिरन्जिवी भण्डारी प्रेमील गीत ‘मायालु तिमी मेरो’ लिएर आएका छन् । उनलाई स्वरमा साथ दिएकी छिन् एलिना चौहानले ।

प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक चिरन्जिवीले नै संगीत भरेका छन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् भने मिक्सिङ कृष्ण महर्जनको रहेको छ ।

मायाप्रेमभित्रका गहिराईमा गीतका भावहरु डुबेको छ । सुन्दा सबैले एकछिन आफूलाई आनन्दित बनाउँछन् । सार्वजनिक भएको छोटो समयमा नै धेरैको मन जितेको छ ।
समयअनुकल म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । कोरोना भाइरसका कारण बाहिर जानसक्ने अवस्था छैन तर एउटा सांगीतिक समूह बनाएर एकै ठाउँमा भिडियोलाई सकिएको छ । भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन् । भिडियो चिरन्जिवी भण्डारी यूट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा चिरन्जिवी भण्डारी र एलिना चौहान नै देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु