चिरन्जिवीको संगीतमा सक्रियतासँगै सफलता : चुमे उत्कृष्ट गायकको अवार्ड

म्यूजिक खबर
प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

काठमाडौं । गायक तथा संगीतकार चिरन्जीवी भण्डारी लामो समयदेखी क्रियाशील छन् । पछिल्लो समय उनी संगीतमा सक्रियतासँगसँगै सफलता पनि प्राप्त गर्दै गइरहेका छन् । उनले थुप्रै अवार्ड तथा सम्मान पनि पाउने गरेका छन् । यहि क्रममा पछिल्लो समय उनी उत्कृष्ट गायकको रुपमा अवार्डेड भएका छन् ।
नेपाली गीतसंगीतको क्षेत्रमा गतबर्षदेखि अवार्ड आयोजना गर्न सुरु गरेको ज्योति फिल्मस् प्रोडक्सन प्रा।ली।को यसबर्षको ‘दोस्रो ज्योति फिल्मस् म्युजिक अवार्ड’ मा चिरन्जीवी भण्डारीले उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका छन् । मेलिना राईसँग गाएको युगल गीत ‘बिस्तारै बिस्तारै’ बाट उनले अवार्ड चुमेका हुन् । उक्त गीतबाट नै गीतकार प्रतिमा गुरुङले पपुलर गीतकारको अवार्ड चुमेकी थिइन् ।


चिरन्जीवीकै संगीत रहेको अर्को गीत ‘चोखो माया’ गीतले पनि उत्कृष्ट गीतकारको अवार्ड चुम्न सफल भएको छ । त्यस्तै यहि गीतबाट दिपेन्द्र सोनामले नव गायकको अवार्ड हात पारेका छन् ।
पुर्व अर्थमन्त्री डा। राम शरण महतको प्रमुख आतिथ्यतामा भएको भएको अवार्ड कार्यक्रममा ३८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु