बियोगान्त गीत ‘गल्ती के भयो’ मा प्रेमिल जोडी चिरन्जीवी र प्रमिलाको अभिनय

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७८, सोमबार
chiranjibi-bhandari

काठमाडौं । गायक चिरन्जीवी भण्डारीको स्वरमा नयाँ बियोगान्त गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । साहित्यका सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका छन् । सन्जिव बराइली र आशिष लामाले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् । मेलोडि नेपाल स्टुडियोमा रेकर्डिङ भएको गीतका रेकर्डिष्ट डिजे मेवहाङ हुन् ।

बियोगान्त गीतको भिडियोमा भने प्रेमील जोडी गायक स्वयं चिरन्जीवी भण्डारी र प्रमिला श्रेष्ठले अभिनय गरेका छन् । चिरन्जीवी र प्रमिला वास्तवीक जीवनका जोडी हुन् । बिना कारण मायालुले साथ छोडेपछिको अवस्थालाई भिडियोमा उतारिएको छ ।

भिडियोलाई धिरज खत्रीको निर्देशनमा तयार भएको भिडियोलाई केशव विश्वकर्माले छायांकन गरेका हुन् । मोहन सुनुवार ‘नविन’ ले सम्पादन गरेको भिडियोलाई चिरन्जीवी भण्डारी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु