• गीतकार संघमा देवकोटाको नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: २९ पुष २०७३, शुक्रबार १३:००

    पौष २९, काठमाण्डौ । गीतकार संघ नेपालको छैठौं साधारणसभा एवं तेस्रो अधिवेशनबाट गीतकार चुडामणि देवकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । योगेन्द्रमणि दाहालले नेतृत्व गरिरहेको संघको छैठौं अधिवेशनबाट चुडामणिको नेतृत्व पाएको हो । जसअनुसार भरत बमजन उपाध्यक्ष, शुभ मुकारुङ महासचिव, वसन्त वित्यासी थापा सचिव, सुशीला पौडेल कोषाध्यक्षमा चयन भएका छन् ।

    Lyricists Association nepal
    त्यस्तै सदस्यहरुमा गोविन्द गिरी, बालक गुरुङ, धरा रानी, अमृतलाल सुनार देवकोटा, चन्द्रा चाम्लिङ र दिलेन्द्र मुकारुङ चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि देवकोटाले सबैको विचारलाई लिएर अगाडि बढ्ने हुँदा भावी योजना सबै गीतकारहरुको साझा हुने बताउँदै अब कार्यसमितिले के गर्ने भन्नेमा निर्णय गरेर लैजाने बताए ।

    Lyricists Association

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु