क्यानडामा हुने पहिलो सिने स्टार अवार्डको उत्कृष्ट तीनको मनोनयन (सूचिसहित)

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७६, शुक्रबार

काठमाडौं । आगामी फेब्रुअरी २२ तारिखमा क्यानडाको टोरन्टोमा हुने पहिलो ‘सिने स्टार अवार्ड २०२०’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि क्यानडाको टोरन्टोमा हुन गइरहेको अवार्डको मनोनयन प्रमाणपत्र वितरण गरिएको थियो ।
अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्ने बताइएको छ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा अवार्ड सम्पन्न हुनेछ ।

उत्कृष्ट तीन मनोनयन सुची यसप्रकार रहेको छ
उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह–अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह–अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पाश्र्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पाश्र्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु