कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०८२, सोमबार २२:५६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु