निर्देशक भट्टलाई पितृशोक

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०८०, शनिबार

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा बरिष्ठ निर्देशक प्रकाश भट्टलाई पितृशोक परेको छ । उनका बुवा डाल प्रसाद भट्टको बुधबार बिहान काठमाडौंको सतुंगल स्थित निवासमा निधन भएको हो ।

८७ वर्षका भट्ट लामो समयदेखि फोक्सो संक्रमणबाट पीडित थिए । भट्टको पार्थिव शरीरलाई सोहि दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

उनलाई श्रद्धाञ्जली दिन आफन्त र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थित थियो ।

भट्टको सतुंगल स्थित निजी निवासमा काजकर्म भइरहेको छ । स्व. भट्टलाई श्रद्धाञ्जली दिन र परिवारमा समवेदना प्रकट गर्न यतिबेला आफन्त र कलाकारहरु सतुंगल पुग्ने गरेका छन् ।

स्व. डालप्रसादका नौ सन्तान मध्ये एक छोराको निधन भइसकेको छ । हाल पाँच छोरा र तीन छोरी रहेका छन् ।

शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै निर्देशक प्रकाश भट्ट लगायत शोक सन्तप्त परिवारमा म्यूजिक खबर परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु