यसकारण गरेकी थिइन् कन्ट्रोभर्सी क्वीन राखीले सानै उमेरमा स्तनको सर्जरी !

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७५, सोमबार

एजेन्सी । बलिउडमा आईटम गर्लको रुपमा चिनिएकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त फिल्मी जगतकै बिवादित कलाकारमध्यकी एक हुन् । पछिल्लो समय आईटम गीतहरु नदेखिएकी उनी चर्चामा आउँनको लागि अनेक हतकाण्ड अपनाउँछिन् । कुनै समय राष्ट्रिय आम पार्टीमाफर्त राजनितीमा समेत हाम फालेकी उनले सन् २०१४ मा भारतको लोक सभा चुनावमा १५ सय भोट ल्याएर हाँसोको पात्र बनिन् ।

कहिले सनी लियोनीलाई गाली गरेर त कहिले अनेक हतकाण्ड अपनाएर चर्चामा आउँने राखीले हालै एक टिभी शोमा राजनितीमा जानु आफनो सबैभन्दा ठुलो गल्ती भएको स्वीकार गरेकीछिन् । सनी लियोनीलाई भारतबाट निकाल्नु पर्ने आवाज उठाउँदै आएकी उनले सोही कार्यक्रममा सनी बिरुद्ध बोलेकोमा आफुलाई पछुतो लागेको बताउँदै उनले कार्यक्रममाफर्त नै सनीसंग माफी पनि मागिन् ।
सामान्य घर परिवारमा जन्मिएकी राखीले शो माफर्त कुनै समय आफनो बाबु हवल्दार र आमा केयर टेकर रहेको खुलासा गर्दे नायिका बन्न नै सानो उमेरमै घरबाट भागेर मुम्बई आएको बताईन् । काम माग्न जाँदा निर्माताहरुले कोठामा चुक्कुल लगाएर नराम्रो व्यवहार गर्न खोजेको र त्यहाँबाट बल्ल बल्ल भाग्न सफल भएको स्मरण गर्दे रोएकी थिईन् । गरिबको छोराछोरीलाई कलाकार बन्न अधिकारी छैन भन्दै निर्माताहरुलाई देखाउँनकै लागि सानो उमेरमा नाक र स्तनको सर्जरी गरेको स्वीकार गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु