• काेराेनाकाे कथामा बनेकाे फिल्म ‘ढाेका’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २२ भाद्र २०७७, सोमबार

    काठमाडौं । “बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ।” याे नेपाली उखानलाई ‘ढाेका’ फिल्ममा उतारिएकाे छ । विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे ‘ढाेका’ फिल्म सार्वजनिक भएकाे छ ।

    वन्डेड लायन प्राेडक्सन र डिएआर मुभिज एन्ड फिल्मसकाे संयुक्त प्रस्तुति रहेकाे ‘ढाेका’ फिल्मकाे लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायककाे रुपमा काम गरेका दिवसले पछिल्लाे समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।
    आम मानिसलाई काेरानाकाे कारण परेकाे मानसिक तनावलाई ढाेका मार्फत उतारिएकाे निर्दशक धितालले बताए ।

    फिल्मकाे छायांकन तथा सम्पादन बरुण काेईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतकाे चलचित्र उद्योगमै छायांकनकाे अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन काे पनि काम गरेका छन् ।
    ‘ढाेका’ लाई निर्माता राजाराम गाैतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीकाे अभिनय रहेकाे छ ।
    यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारकाे रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ ।
    फिल्ममा निर्माण नियन्त्रण विवेक चाैलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्राेडक्सनकाे अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु