दाल भात तरकारीको फस्ट लुक सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७६, बिहीबार

काठमाडौं । चलचित्र ‘दालभात तरकारी’ले फस्र्ट लुक सार्वजनिक गरेको छ । बैशाख २० बाट सार्वजनिक हुने चलचित्र दात भात तरकारीले बैशाख २ गते सोमबार सार्वजनिक गरेको हो ।

मल्टिस्टारर चलचित्र दाल भात तरकारीले केही दिन अघि मात्र सार्वजनिक गरेको थियो । उक्त ट्रेलरले निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ भने निर्माण टोली यतिबेला चलचित्रको प्रचारप्रसारका लागी देशदौडाहामा पनि छ ।

 

मह सञ्चारको प्रस्तुतिमा किरण केसी निर्मित चलचित्रमा सुदन केसीको निर्देशन रहेको छ ।

 

कमेडि जनराको चलचित्रमा निरुता सिंह, हरिवंश आचार्य, आँचल शर्मा र पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुले अभिनय गरेका छन् । हरिवंश आचार्यले लेखेकोे चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ निर्माताका रुपमा छन् । दिर्घ गुरुङको छायांकन रहेकोे चलचित्रमा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु