मेरी बास्सैमा निर्देशक तथा कलाकार दमन रुपाखेतीको पुनरागमन

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७७, सोमबार

काठमाडौँ – लोकप्रिय हास्य कलाकार दमन रुपाखेती १४ बर्ष पछि नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिचलचित्र मेरी बास्सैमा पुन निर्देशक तथा कलाकारको रुपमा पुनरागमन भएका छन् । १४ वर्षको उमेरमै अभिनय यात्रा प्रारम्भ गरेका दमन रूपाखेतीले यो क्षेत्रमा करिब तिन दशक बिताइसकेका छन्। दिनेश डिसीद्वारा निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ मार्फत पहिलो पटक दर्शकमाझ आउनुअघि दमनले केही रेडियो नाटकमा समेत अभिनय गरेका थिए। ‘ट्वाक्क टुक्क’ पछि उनले थुप्रै टेलिश्रृंखलामा अभिनय गरिसकेका छन्। लोकप्रिय हास्यश्रृंखला ‘मेरी बास्सै’ का प्रारम्भिक निर्देशक दमन नै हुन्। उनले यो श्रृंखलाका अघिल्ला ८० वटा भाग निर्देशन गरेका थिए। उक्त श्रृंखलाको ‘घर ज्वाइँ’ को चरित्रले उनलाई हास्यकलाकारका रूपमा स्थापित गराएको थियो। उनि नेपाली कलाकारीता क्षेत्रका लोकप्रिय, बहुचर्चित तथा स्थापित हास्यकलाकार तथा निर्देशकको रुपमा परिचित भएका छन्।

उनले दर्जनौं हास्य टेलिचलचित्र, नेपाली कथानक चलचित्र, गाइजात्र कार्यक्रम, स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा समेत आफ्नो कुशल अभिनय दिएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल भएका छन्। कलाकारिता संगै उनको निर्देशकीय क्षमताले हरेक नेपाली माझ लोकप्रिय बन्न सफल भएका छन्।

सयौ नब कलाकारहरुका गुरु समेत बनेका दमन रुपाखेतीले धेरैलाइ यस क्षेत्रमा कलाकार बनाएका छन्। मिलनसार स्वभाबका धनि लोकप्रिय हास्य कलाकार दमन रुपाखेतीको १४ बर्ष पछिको निर्देशनमा आएको चर्चित हास्य टेलिशृंखला मेरी बास्सैले कस्तो रुप लिने हो, त्यो भने हेर्न बाकिनै छ। नेपाली कलाकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल कलाकार तथा निर्देशक दमन रुपाखेती आगामी दिनमा दर्शक श्रोताहरुको मनोभाबलाइ बुज्दै निरन्तर क्रियाशील रहने बताउछन। साथै हास्य टेलिचलचित्र “मेरी बास्सै” लाइ पहिले जस्तै माया गरिदिन हुन पनि सम्पूर्ण दर्शक समक्ष कलाकार दमन आग्रह गर्दछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु