प्रसिद्ध बलिउड कोरियोग्राफर सरोज खानको निधन

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७७, शुक्रबार

एजेन्सी । बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा समस्या आएका कारण विगत केही दिनदेखि अस्पतालमा रहेका उनको उपचारको क्रममै निधन भएको हो । बलिउड सरोज खानले ४० बर्ष बिताएकी छिन् । यो अवधीमा उनले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

उनले, तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’, डोला रे डोला’ लगायतका सुपरहिट गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

उनी बाल कलाकारका रुपमा भारतीय चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपश्चात उनले सहायक कोरियोग्राफरका रुपमा काम गर्न थालिन् । उनले सन् १९७४ मा आएको चलचित्र ‘गीता मेरा नाम’ बाट स्वतन्त्र कोरियोग्राफरको रुपमा पहिलो ब्रेक पाएकी थिइन् ।

उनले, तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’, डोला रे डोला’ लगायतका सुपरहिट गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

सरोजले कोरियोग्राफी गरेको अन्तिम गीत निर्माता करण जोहरको ‘कलंक’ नामक चलचित्रको ‘तबाह हो गए’ थियो । गीतको भिडियोमा नायिका माधुरी दिक्षितले नृत्य गरेकी छिन् ।

माधुरी र सरोजको सहकार्यमा चर्चा कमाएका केही गीतहरु मध्ये तेजाब चलचित्रबाट ‘एक दो तीन’, चलचित्र थानेदारबाट ‘तम्मा तम्मा लोगे’ , चलचित्र सैलाबबाट ‘हाम को आज कल है इन्टजार’ र चलचित्र बेटाबाट ‘धक धक कर्ने लगा’ रहेका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि जुन २४ मा अस्पताल भर्ना भएकी थिइन् । उनलाई मुम्बइको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।
बलिउडकी सफल कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको बिहिबार बेलुकी ७१ बर्षको उमेरमा निधन भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु