जनकको ‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुना जोडि बन्न तयार

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरि एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन् । उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन ।

‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर सांस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो । पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा बितरण गर्ने पक्का भइसकेको छ ।
photo source- google

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु