काभ्रेमा दयाराम, रबिन्द्र र बिक्रम सम्मानित

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७७, आईतवार

काभ्रे । संगीतकर्मी संघको काभ्रे अधिवेशनको अवसरमा कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पु¥याउँदै आएका तीन कलाकर्मीलाई सम्मान गरिएको छ ।

मंसिर २० गते बनेपामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको हो ।

कार्यक्रमका अध्यक्ष नेपाल नगरपालिका संघका एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए ।

यसै अवसरमा कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।

संगीतकर्मी संघमा पुनः चन्द

राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले पुनः कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु