• हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी (भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: २५ पुष २०७५, बुधबार

    काठमाडौं, २० पुस । करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक नेपालले निकालेको ‘भाग्यमानी ‘’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीताम, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् ।
    गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । ‘मौलक नेपाली बाजा र लोक फेभरका भएकाले गीत राम्रो बनेको छ । दर्शक र स्रोताले पनि मन पराइरहेका छन्हे मन्तले भने ।

    सो गीतमो म्युजिक भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् ।
    हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथे अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु