आर्यन र उपासना अभिनित ‘डिसेम्वर फल्स’ को बाँकी छायांकन पुनः सुचारु

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

काठमाडौं । गत वर्ष कोरोना महामारीको कारण छायांकन रोकिएको चलचित्र ‘डिसेम्वर फल्स’ कोे छायांकन पुनः सुरु भएको छ । यो चलचित्रको यतीबेला काठमाडौंमा छायांकन भइरहेको यसका निर्देशक प्रवीण झाले बताएका छन् ।

पहिलो लकडाउन खुलेपछि छायांकन थालिएको यो चलचित्र छायांकन दोस्रोपटकको निषेधाज्ञाले प्रभावित भएको थियो । बाँकी छायांकन पुनः सुचारु गरिएको पनि निर्देशक झाले जानकारी गराएका छन् ।

चलचित्रको नाम डिसेम्बर फल्स राखिएका कारण पनि यो चलचित्र आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउनेछ । कार्यकारी निर्माता लक्ष्मण रिजालले आपूmहरू डिसेम्बर महिनाभित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यरत रहेको बताए ।

यो चलचित्रको मुख्य भूमिकामा आर्यन सिग्देल र उपासना सिंह ठकुरी रहेका छन् । यसै साता मात्र अर्को चलचित्र ‘सायरा’मा अनुबन्धित भएका आर्यनले डिसेम्बर फल्सको काम सकेर मात्र सायराको छायांकन सुरु गर्ने बताएका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराईलगायतका कलाकारको अभिनय रहनेछ ।

बीपीका खनालको कथा, केदार भुसालको पटकथा र संवाद रहेको चलचित्रको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । छायांकन सुरु हुना साथ युट्युब र अस्ट्रेलिया राइट एजुकेसन एन्ड माइग्रेसन कर्नरले किनिसकेको चलचित्रको हल वितरण भने श्रीराम बलाजी फिल्मसका सुनिल मानन्धरले गर्नेछन् । प्रेमकथाका साथमा चलचित्रमा वास्तविक घटनालाई उठान गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु