युवराजको शब्द र सुरेशको संगीतमा दिपले गाए मर्मश्पर्शी दशैं गीत

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौं । नेपाली साङ्गीतिक बजारमा चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ ।
यही क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजया दशमीको मर्म, महत्व र परिस्थितीलाई समेटिएका थुप्रै गीतहरु गीतहरू सार्वजनिक हुने गरेका छन् ।

यसै क्रममा दशैं विशेष मार्मिक गीतहरुको भीडमा ‘अक्षता र जमरा’ पनि एक हो । विदेशिएको युवाहरूको जीवनमा आधारित गीतमा बरिष्ठ गायक दिप श्रेष्ठको स्वर रहेको छ ।

गरिबीको कारणले विदेशिएका युवाहरूको जीवनमा आधारित उक्त गीत सालिन, शिष्ट र बौद्धिक गीतकारको रुपमा उदाएका युवराज अधिकारीले रचना गरेका हुन् । त्यस्तै नेपाली संगीतका उम्दा संगीतकार सुरेश अधिकारीले गीतमा संगीत भरेका छन् ।

जब चाड पर्व आउँछ, तब हुने खानेले त हर्षोल्लासका साथ चाड पर्व मनाउंछन तर हुँदा खाने निम्न वर्गका नेपाली युवाहरु गरिबीको कारणले विदेशीएपछि विशेष चार्डपर्वमा घर आउन नपाउँदा घर परिवारलाई सम्झिँदै अत्यन्त मार्मिक ढङ्गले गीतमा प्रस्तुत गरेका छन् ।
गीतलाई गीतकार युवराज अधिकारीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु