होली गीतमा सुमित खड्का र दिपाश्री निरौलाको स्वर

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । राष्ट्रिय गायकको छवि बनाएका गायक सुमित खड्का र कलाकारितामा विशिष्ट स्थान बनाएकी कलाकार दिपाश्री निरौलाको स्वरमा होली विशेष गीत आउने भएको छ ।

लोकप्रिय गायक खड्काले हरेक चाड पर्व र संस्कृती विशेष गीत ल्याउँदै आएका छन् । होली विशेष गीत पनि प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेका छन् । यस वर्षको होलीलाई लक्षित गरि सार्वजनिक गरिने यस गीतमा सुमित र दिपाश्रीको स्वर रहेको छ भने ।

गीतकोे संगीत र एरेन्ज निरज श्रेष्ठको रहेको गीतमा दिप नारायण राजवंशीको शब्द रहेको छ । गीत होलीको छेको पारेर सार्वजनिक गरिने गायक सुमित खड्काले हामीलाई बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु