दीपाश्रीलाई वर्षकै उत्कृष्ट निर्देशकको अवार्ड

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । अवार्डमा ‘छक्का पन्जा ३’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेकी छन् । उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रकाश व्यवस्थापक नारायण तिमल्सिना र साउन्ड इन्जिनियर प्रदीप उपाध्यायलाई नगद ५१ हजार १११ रुपैयाँसहित दीर्घ साधना सम्मान गरिएको थियो ।

दिपाश्रीसँगै ‘छक्का पञ्जा ३’ ६ बिधामा अवार्डहरु जितेको छ । उत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट पटकथा (दिपकराज गिरी), कमेडी र सोसल ड्रामा, र उत्कृष्ट हाँस्यकलाकारको अवार्ड केदार प्रसाद घिमिरेले अवार्ड जिते । ‘छक्का पञ्जा ३’ ले जस्तै चलचित्र ‘प्रसाद’ ले पनि ६ विधामा अवार्ड जित्न सफल भयो ।

दीपाश्री निरौला निर्देशित सिनेमा ‘छक्का पन्जा ३’ बक्स अफिसमा सुपर हिट भएको थियो । सामुदायिक विद्यालयको वितिथी देखाइएको सिनेमालाई दर्शकले निकै रुचाएका थिए । यतिबेला दीपा ‘छक्का पन्जा ४’ को निर्देशनको तयारीमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु