मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म ‘देशमाथि’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७६, आईतवार

स्कटल्याण्ड। मदन पुरस्कार विजेता चर्चित साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म ‘देशमाथि’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ। विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको थियो। अनुभवी र सफल निर्देशक दिपेश रेग्मीको निर्देशनरसम्पादन रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ। यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ।

नेपालमा मास्टर्स सकेर पनि आरक्षण, नातावाद र कृपावाद को कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ। बेल्जियम मा रहेको तेजेन्द्र कंडेल फिल्म्सले निर्माण गरेको उक्त सर्ट फिल्मको सह निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट (सोहन घिमिरे, बेलायत) रहेको छ। फोस्तास तालकाले छायांकन गरेको ‘देशमाथि’ को अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ। उक्त सर्ट फिल्म रो प्रोडक्सन युकेको युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु