देविकाको स्वरमा “आँखी झ्यालैमा” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गायक राजेश मर्हजन र गायिका देविका बन्धनाको “आँखी झ्यालैमा” बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा शान्ति प्रियको शब्द रहेको सोही गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेंज रहेको छ । “आँखी झ्यालैमा” बोलको गीतको भडियोलाई टेकेन्द्र शाहको निर्देशन रहेको छ ।

भने सोही गीतको भिडियोमा राशी क्षेत्री, सागर लम्साल (बले) र साईलीन श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा सागर लम्साल र राशी क्षेत्रीलाई माया गर्ने प्रमीको रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोमा राजकुमार केसीको छायांकन रहेको छ भने सन्तोष राजबाहकको कोरियोग्राफीमा रहेको छ । त्यस्तै उक्त गीतको भिडियोलाई निर्देशक टेकेन्द्र शाहले नै सम्पादन गरेका छन् । “आँखी झ्यालैमा” बोलको गीतलाई देविका बन्धनाको युट्युबच्यानलबाट सार्वजनिक गरीएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु