ऋषि धमला र एलिजा गौतमद्वारा रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७५, मंगलवार

धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोगी हातहरु निकै बढीरहेका छन् ।

धमलाका दाम्पतीले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन् । यस सहयोग र यस अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमला ज्यूलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

साथै नायिका एलिजा गौतमलाई जन्मदिनको लाखौं लाख शुभकामना पनि फाउन्डेसनले दिएका थिए । सोमबार काठमाडौंमा रहेको ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनको कार्यालयमै पुगेर धमला दम्पतीले सो रकम हस्तान्तरण गरेका हुन् ।

नायिका गौतमको जन्मोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरिएको पत्रकार ऋषि धमलाले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हामीलाई चाहिएको छ, यो आवश्यकताको विषय हो ।

चितवनमा धुर्मुस–सुन्तलीले जुन किसिमको साहस देखाएर निर्माण कार्यमा जुट्नुभएको छ, यो गौरवको विषय हो,’ धमलाले भने, यो आफैंमा पुण्य काम हो, हामी सबै नेपालीले दिल खोलेर सहयोगी हात अघि बढाउनुपर्छ, यो राष्ट्रको गौरवको विषय हो ।’

धुर्मुस–सुन्तलीले पत्रकार धमला दम्पतीको सहयोगले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु