अन्तराष्ट्रिय क्रिकेट रंगशाला सँगै ‘छल-कपट’ गर्दै धुर्मुस-सुन्तली

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७६, सोमबार

एक समय टेलिभिजनको दुनियाँमा बलियो साम्राज्य बनाएको जोडी हो, सिताराम कट्टेल र कुञ्जना घिमिरे । हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ मा लामो समय दुईले ‘धुर्मुस-सुन्तली’ को भूमिकामार्फत् दर्शक रिझाए । वि.सं २०७२ को महाभूकम्पपछि अभिनयबाट दूरी बनाएर उनीहरु समाजसेवामा लागे । चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका रियल कपल हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । समाजसेवामा होमिएपछि सिताराम र कुञ्जना न टेलिभिजनको पर्दामा देखिएका छन् न त फिल्ममा नै । सामाजिक कार्यसँगै अभिनयलाई पनि निरन्तरता दिन दर्शक र चलचित्रकर्मीहरुको आग्रहपश्चात् दुई केही समययता फिल्म ‘छल-कपट’ निर्माणको तयारीमा छन् ।

लामो समयदेखि दुईले फिल्म निर्माण गर्ने चर्चा चलेता पनि अब भने चाँडै छायांकन सुरु हुने भएको छ । ‘धुर्मुस-सुन्तली’ ले भरतपुरमा क्रिकेट रंगशाला र फिल्म निर्माणलाई सँगै लैजान लागेका हुन् ।

स्क्रिप्टमा काम भइरहँदा फिल्मको नाम ‘एन्टी(भाइरस’ जुराइएको थियो । तर, पछि ज्योतिषले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि ‘धुर्मुस(सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब फेरि फिल्मको नाम परिवर्तन भएको छ । दीपक(दीपालाई फापेको ‘छ’ नामबाटै फिल्मको नामाकरण गरिएको छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको फिल्मको नाम ‘छल-कपट’ राखिएको छ ।

भाद्र १३ मा रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो फिल्म प्रदर्शनमा आएपछि ‘छल(कपट’ को छायांकन सुरु हुने बताइएको छ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । तर, फिल्ममा उनको केमियो मात्र हुने निर्देशक रामबाबुले बताएका छन् ।

यसअघि रामबाबुले निर्देशन गरेका फिल्ममा दयाहाङले केमियो भूमिकामा काम गरेका छैनन् । उनी नै सेन्ट्रल क्यारेक्टरमा हुने गरेका छन् । यसकारण ‘धुर्मुस(सुन्तली’ को फिल्ममा पनि उनको प्रमुख भूमिका हुने स्रोत बताउँछ । फिल्ममा उनलाई प्रमुख भूमिकामा भित्राउन रामबाबुले स्क्रिप्टमा गतिलै कसरत गरिरहेको जानकारी प्राप्त छ । ‘छल(कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु