दिनेश क्षत्री र मेनुका परियारको ‘माया काखैमा’

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७७, सोमबार

काठमाडौं । गायक दिनेश क्षत्रीको नयाँ साङ्गीतिक कोसेली माया काखैमा को भिडियो भरखरै मात्र सार्वजनिक भएको छ । यस गीतमा दिनेश क्षत्री र पछिल्लो समयकी लोकप्रिय गायिका मेनुका परियारले स्वर दिएका छन् भने सविता चिलुवालको शब्द र सुजन लम्सालको सङ्गीत रहेको छ । यस गीतको एरेञ्ज डोलराज बारघरेले गरेका हुन् ।

गायक दिनेश क्षत्रीकै निर्देशन रहेको यस गीतको भिडियोमा करण चैसिरको छायाङ्कन र प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियोमा चर्चित कलाकारहरु रामजी खाँड, सुजन लम्साल, दिनेश क्षत्री, मेनुका परियार, सीताराम परियार आदिको अभिनय रहेको छ ।

यस गीतलाई बासुकी क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने सुजन लम्सालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु