काठमाडौं । दीप श्रेष्ठको मर्मस्पर्शी गीत ‘छोरी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको उक्त गीतमा रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक श्रेष्ठकै रहेको छ । उक्त गीतलाईयुवराज वाईबाले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा अभिनय गरेका हुन् । उक्त गीतको भिडियोलाई उत्सव दाहालले क्यामेरा, खचेका हुन भने बिकाश दाहालले सम्पादन गरेका हुन् ।