‘२ नम्बरी’ दिपक मनाङ्गे

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाडौं । चलचित्र ‘२ नम्बरी’ को सुटिङ फेरि सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए । दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउतको अलवा भुटानकी अभिनेत्री उगेन छोदन समेत मुख्य भूमिकामा रहेका छन् ।
रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । फिल्मको निर्माताको रुपमा अहिले दीपक मनाङ्गेका पनि जोडिएका छन् । फिल्म निर्माताको रुपमा अहिले दीपक भित्रिएको निर्माता नेपालीले जाकारी दिए ।

दीपकले यसअगाडि फिल्म ‘पोई पर्यो काले’ मा पनि लगानी रहेको थियो । २ मिल्ने साथीको कथामा निर्माण भइरहेको फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु