“छ माया छपक्कै” को अफिसियल पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । चलचित्र “छ माया छपक्कै” को अफिसियल पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई फिचर्ड गरिएको छ । फरक शैलीमा रहेको पोस्टरमा डोको र घुम देखाइएको उक्त पोस्टरमा गाउँले परिवेश प्रस्तुत गरिएको छ । दिपक राज गिरीकेदार, जितु नेपाल, घिमिरेलाई डोको माथि अढेस लागेको देख्न सकिन्छ त्यस्तै नायिका केकी अधिकारीले घुम ओढेकी छिन् । चलचित्रकरिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथामा भन्ने छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् भने दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । उक्त चलचित्रमा हरी हुमागाईंको छायांकन र दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् । चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल र दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु