सुमित र दिपाश्रीको होली गीत छायांकन सम्पन्न, पहिलो पटक म्यूजिक भिडियोमा देखा पर्दै दिपक

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७७, सोमबार

काठमाडौं । राष्ट्रिय गायकको छवि बनाएका गायक सुमित खड्का र कलाकारितामा विशिष्ट स्थान बनाएकी कलाकार दिपाश्री निरौलाको स्वरमा होली विशेष गीत आउने भएको छ । गीतको यतिबेला छायांकन पनि सम्पन्न भइसकेको छ ।

नेपाली चलचित्र बजारलाई एकपछि अर्को ब्लकबष्टर चलचित्र दिन सफल कलाकार दिपकराज गिरीले अभिनय गरेका छन् । निर्माण युनिटका अनुसार दिपकले पहिलो पटक म्यूजिक भिडियो गरेका हुन् । उनीसँगै भिडियोमा दिपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल पनि फिचर छन् ।

गीतमा दिपक र दिपा उनीहरुको लोकप्रिय र पुरानो क्यारेक्टर रामबिलास र धनियाँको भूमिकामा रहने छन् । गीतको छायांकन चुनदेबी स्थित अनुराग कुवँरको घोडा फाम हाउसमा र त्यसको वरिपरी भएको हो ।

लोकप्रिय गायक खड्काले हरेक चाड पर्व र संस्कृती विशेष गीत ल्याउँदै आएका छन् । होली विशेष गीत पनि प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेका छन् । यस वर्षको होलीलाई लक्षित गरि सार्वजनिक गरिने यस गीतमा सुमित र दिपाश्रीको स्वर रहेको छ भने गीतकोे संगीत र एरेन्ज निरज श्रेष्ठको रहेको गीतमा दिप नारायण राजवंशीको शब्द रहेको छ ।

शिशिर खातीको निर्देशनमा बनेको गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् । भिडियो चाँडै नै सार्वजनिक गरिने निर्माण युनिटले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु