• 10th Music Khabar Music Award 2022
  • दीपेन्द्रले साइन गरे नयाँ फिल्म

    म्यूजिक खबर
    प्रकाशित: २६ पुष २०७९, मंगलवार

    काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । लगालग हिट फिल्म दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी फिल्ममा अनुबन्धित भएका हुन् ।

    ‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्र निर्देशीत ‘छ माया छपक्कै’ पछि ‘दुई नम्बरी’ सुपरहिट भइसकेको छ । पछिल्लो समय ‘डिमाण्डेड’ निर्देशकका रुपमा कहलिएका उनले केही दिन अघि मात्रै दयाहाङ राई,मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए ।

    हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिएका छन् ।

    यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन् ।

    समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राबिधिक चयन कार्य केही समयमै गरिने बताइएको छ । दीपेन्द्रको ‘नाङ्गो गाउँ’ का साथै यो छैठौं फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्ने सम्झौता भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु