‘यो माया कस्तो माया’ को सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७६, मंगलवार

चलचित्र ‘यो माया कस्तो माया’को बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र असोज सम्ममा रिलिज हुने बताउदै चलचित्रका निर्देशक किशन पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको पनि खुलाएका छन् । गीतमा अर्जुन पोखरेलको सङ्गीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापा को स्वर रहेको छ । गीत लेखन भने अम्बीका शर्माको रहेको छ । गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन् । गीतमा कोरियोग्राफि भने कबिराज गहतराजको रहेको छ । दिव्य सुवेदीको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसिले गरेका छन । चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु