पाँच दिने नाटक लेखन कार्यशाला सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ ।  वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँच दिने नाटक लेखन कार्यशालामा देशका विभिन्न स्थानबाट २३ जना प्रशिक्षार्थी सहभागी भएका थिए । वरिष्ठ नाटककार अशेष मल्लको सहजीकरणमा भएको कार्यशालामा डा. धु्रवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाटककार तथा नाट्यकर्मीहरूले सहभागीलाई नाटक लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए । नाटक लेखन कार्यशालाका सहभागी प्रशिक्षार्थीहरूलाई एक समारोहबिच प्रमाणपत्र प्रदान गरियो । प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले प्रमाणपत्र प्रदान गरेका थिए ।शर्माले कार्यशाला उपलब्धिमूलक भएको बताए । ‘मञ्चनका लागि पर्याप्त नाटक नभइरहेको वर्तमान अवस्थामा यस कार्यशालाले निकै आशाा जगाएको छ’ शर्माले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु