• भदौ २५ मा ‘दुर्गा गुरुङ एकल साँझ’ हुने

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७९, शनिबार

    काठमाडौं । मौलिक लोक तथा दोहोरी गीतमा ख्याती कमाएकी गायिका दुर्गा गुरुङ एकल साँझमा गुन्जिने भएकी छिन् ।
    ‘कला र संस्कृतिको जगेना गरौ’ भन्ने सन्देशसहित गायिका गुरुङको आगामी भदौ २५ गते काठमाडौंमा ‘दुर्गा गुरुङ एकल साँझ-२०७९’ हुन लागेको हो । कार्यक्रम राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) जमलमा हुनेछ । औपचारिक कार्यक्रमबाहेक उनले झण्डै साढे २ घण्टा लगातार प्रस्तुति दिनेछिन् ।
    जसमा एकल र डोयट गरी १३ गीत समावेश गरिने छ । उनकै स्वर सजिएका अरिजिनल गीतहरुमा साथ दिएका चर्चित कलाकारहरु नारायण रायमाझी, शर्मीला गुरुङ, दुर्गा गुरुङलगायतले साथ दिनेछन् ।
    ‘कोहलपुरैमा’ गीतमा नारायण रायमाझी र लक्ष्मी न्यौपाने, ‘देउराली भन्ज्याङ’ (सालैजोमा राजु गुरुङ,‘ुदाइ त मेरो लाहुर जाने’मा गणेश गुरुङ, कौडा गीतमा शर्मीला गुरुङ र दुर्गा गुरुङ तथा गुरुङ मातृभाषाको गीतमा कृष्ण गुरुङले साथ दिनेछन् ।

    स्याङ्जा जिल्लामा जन्मिएकी दुर्गा २०५१ सालमा लाइभ दोहोरी गीतबाट सांगीतिक क्षेत्रमा लागेकी हुन् । त्यसपछि काठमाडौंमा रेडियो नेपालबाट २०५३ सालमा ‘स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’ लोकगीत रेकर्ड गरिन् । त्यही सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी थिइन् ।

    २८ वर्षदेखि सांगीतिक क्षेत्रमा अनवरतरुपमा लागिरहेकी गायिका गुरुङले ‘घुमी घुमी बसियो माहुरी’ (कौडा), ‘देउराली भन्ज्याङ’ (सालैजो), ‘घरीकहाँ हो माया’, ‘दाइ त मेरो लाहुर जाने’ लगायत चर्चामा रह्यो । त्यस्तै गुरुङ भाषाको पहिलो चलचित्र ‘पातें’ को गीत पनि उनले नै गाएकी हुन् ।

    धनबहादुर गायकको संकलनमा रहेको कालजयी गीत ‘यो दाजुको मिरमिरे आँखा’ मा पनि २०६३ सालमा गायिका गुरुङले लक्ष्मी न्यौपाने, युक्त गुरुङ र पाण्डव सुनुवारसँगै रेडियो नेपालमा गाउने मौका पाएकी थिइन् ।


    मौलिक सोरठी, तीज गीत, घाँटु, लोकगीत, दोहोरीलगायत २५ सय हाराहारीमा आफूले गीत गाइसकेकी छिन् । नेपालीका साथसाथै गुरुङ मातृभाषा, तामाङ भाषा र सुदूरपश्चिममा प्रख्यात देउडा भाका समेत गाउन उतिकै सिपालु छिन् ।
    गायनकै सिलसिलामा बेलायत, जापान, जर्मन, कोरिया, हङकङ, बेल्जियमलगायत विश्वका झण्डै दुई दर्जन देश भ्रमण गरिसकेकी गायिका गुरुङले पहिलो पटक एकल साँझ गर्न लागेकी हुन् ।

    ुकलाकारहरुको मुख्य उपलब्धि भनेकै एकल साँझ हो । यो गायनको उद्देश्य उनले एकल गायनमार्फत संकलित केही रकम जन्मथलो स्याङ्जामा अपांगता भएका बालबालिकाको आश्रममा सहयोग दिने योजना समेत बनाएको जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु