रवि ओड र दुर्गा खरेलको ‘घरमा कुरा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

नेपाल आइडल सिजन २ का विजेता रवि ओड र दुर्गा खरेलको स्वरमा नयाँ गीत ‘घरमा कुरा’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत तथा एरेञ्ज र ध्रुवप्रसाद अम्गाईंको शब्द रहेको गीतको भिडियोका निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका छन् । भिडियोमा प्रेम जोडी आयुष्मान जोशी र प्रियंका कार्कीको अभिनय रहेको छ । साथमा रवि र दुर्गालाई पनि देख्न सकिन्छ । भिडियोलाइई रामेश्वर कार्कीले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु