कस्तो होला एकनारायण भण्डारीको सिर्जना ? विष्णु माझी राख्दैमा गीत चल्ला त ? लगानी उठ्ला त ?

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७६, बुधबार

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा अब्बल सर्जक हुन् एकनारायण भण्डारी । लोक होस् या आधुनिक उनका शब्द र संगीत शीर्ष स्थानमा नै रहने गर्छ । पछिल्लो समय आशिष अबिरलको संगीत संयोजनमा धेरै गीतहरु बजारमा आएका छन् । उनको संगीत संयोजनको पक्ष पनि उत्तिकै अब्बल हुने गर्छ । एक पछि अर्को दोहोरी गीतहरु प्रतिस्पर्धामा आइरहेको बेला एकनारायण भण्डारीको सिर्जनामा नयाँ गीत बजारमा आएको छ ‘छिपछिपे पानीमा लेउ’ । यस गीतमा एकनारायण भण्डारीको शब्द र संगीत रहेको छ ।


पछिल्लो समय दोहोरी क्षेत्रकी महङ्गी गायिका विष्णु माझीलाई गीत गाउन लगाए करोड क्बलमा दोहोरी गीत प्रवेश गर्छ भन्ने सोचमा धेरै लगानीकर्ताहरु लागेका छन् । एक लाख पारिश्रमिक लिएर गीत गाउँछिन् भन्ने समाचारहरु आइरहँदा पक्कै पनि लगानीकर्तालाई अडियो पनि महंगो बन्न पुगेको होला । अडियो र भिडियो गर्दा अहिले थोरैमा पनि ६ लाखदेखि १० को हाराहारीमा लगानी भइरहेको गीतमा विष्णु माझीकै कारणले गीत चल्छ त ? लगानी उठ्ला त ? छिपछिपे पानीमा लेउ बोलको गीतमा पनि विष्णु माझी र पिताम्बर जीसीको स्वर रहेको छ ।


भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । बिष्णु शर्माको सम्पादन रहेको यो गीतको भिडियोमा दिलिप रायमाझी र सुरक्षा पन्तको अभिनय रहेको छ । गीतलाई एकनारायण भण्डारीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको सफलताको शुभकामना ।

 


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु