अर्जुन कुमारको ‘फाटेको जुत्ता खै ?’ मा अस्ट्रेलियाबाट लगानी गर्दै देव कार्की

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

काठमाडौं । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फात्तेको जुत्ता खै ?’ आगामी कार्तिक २४ गते रिलिज गर्नेगरि निर्माण घोषणा गरेको थियो ।

एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फात्तेको जुत्ता खै ?’ निर्माण गर्न लागेको बताएका थिए ।

फिल्मको छांयाकमा बैशाखबाट शुरु गरिने बताइएको छ । छांयाकनमा नजादै फाटेको जुत्ता २ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की प्रबेश भएका छन् । अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन, निर्माता अर्जुन कुमारले भने । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन् ।

फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै फिल्म फाटेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो ।

आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ । आगामी बैशाखमा नवलपुरबाट फिल्मको छायांकन शुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु