चलचित्र कलाकार संघमा फेरी अर्का सदस्यको राजिनामा

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका शाखाका अध्यक्षले राजिनामा दिएको भोलिपल्ट नै अर्का सदस्य राजु बजाजले पनि राजिनामा दिएका छन् । पछिल्लो समय विश्वमा फैलिएको कोरोना भाइरसका कारण पीडामा धेरै पीडामा परेका नेपालीहरुलाई अमेरिकाबाट सहयोग संकलन गरी पठाएको र बितरण गरिएकोमा केन्द्रीय अध्यक्षबाट सधैं अवरोध खडा भएको भन्दै उनीहरुले राजिनामा दिएका हुन् । केन्द्रीय कार्यसमितिका सल्लाहकारहरुको उपस्थितिमा नै राहत बितरण गरिएको भए पनि अध्यक्षले एकलौटी रुपमा आफ्ना कुण्ठाहरु सामाजिक सञ्जालमा पोखेर असहयोग गरेकोमा राजिनामा दिनुपर्ने भएको सदस्य बजाजले बताएका छन् ।

उनको राजिनामा पत्र यस्तो रहेको छः
बिषयः राजिनामा

उपरोक्त सम्बन्धमा बिगत लामो समय देखि म कलाकार राजु बजाज अमेरिकामा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहदैं नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको सदस्य पदमा रही चलचित्रकर्मीहरुको हकहितमा काम गर्दै आएको छु । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा चलचित्र तथा चलचित्रकर्मीहरुमा समेत प्रत्यक्ष असर परेको र दैनिक ज्याला मजदुरी गर्ने कलाकार, प्राबिधिकहरुलाई ठुलो क्षति पुग्नुको साथै उनीहरुको रोजीरोटी गुमेको अबस्थामा नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरका हामी
कलाकर्मी सदस्य तथा चलचित्रकर्मीहरुको सल्लाहा सुझाबमा नर्थ अमेरिका च्याप्टरले यस संकटको घडिमा चलचित्र प्राबिधिक र कलाकारहरुको सहयोगार्थ सहयोग संकलन गरि वितरण गरेको छौं ।

अध्यक्षले दिएको राजिनामा यो पनि पढ्नुहोला

चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरले गरेको कार्य चलचित्र कलाकार संघको बिधान सम्मत रहेको र बिधानमा संघको शाखा मार्फत गरिने कार्यमा केन्द्रिय समिति समक्ष अनुमति लिनुपर्ने कुनै प्राबधान उल्लेख नभएको र शाखाले गरेको कार्य विवरण बार्षिक प्रतिबेदनमा जानकारी गराउँने र छलफलको बिषयबस्तु भएको हुँदा सहयोग कार्यमा बारम्बार नियतबस केन्द्रिय समितिका अध्यक्षले हस्तक्षेप गर्दै फेसबुक बाट प्रेस बिज्ञप्ति समेत जारि गर्दै सहयोग कार्यमा बाधा अड्चन पुर्याएको प्रति मेरो पनि ध्यानाकर्षण भएको अबगत गराउँछु र उहाको यस प्रकारको कार्य प्रति म कलाकार राजु बजाज खेद प्रकट गर्दछु।

नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको निर्णयमा यहाँका सदस्यहरुको सक्रियतामा सहयोग रकम संकलन गरि चलचित्र प्राबिधिक संघ, कलाकार तथा राहतबिहिन अलपत्र परेका श्रमिक मजदुरहरुलाई खाद्यान्न वितरण गर्ने कार्य गरेको थियौं। तथापि यस सहयोग हस्तान्तरण कार्यमा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिका केहि सल्लाहाकारहरुको सल्लाह तथा उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको हामीलाई जानकारी प्राप्त भएको थियो । नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिले आफ्ना सदस्य कलाकार, चलचित्रकर्मी, प्राबिधिकहरुलाई कहिँ कतै बाट सहयोग गरेको जानकारी समेत नरहेको अबस्थामा हामी नर्थ अमेरिका च्याप्टरले चलचित्रकर्मीहरुको उत्थान, हकहित तथा पिडित चलचित्रकर्मीलाइ सहयोग गरेको सन्दर्भमा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्षले पटक पटक सामाजिक संजाल९फेसबुक० मार्फत सहयोग कार्यमा हस्तक्षेप गर्दै नेपाल कलाकार संघ नर्थ अमेरिका च्याप्टरलाइ काम गर्ने बाधा पुर्याउने खालको क्रियाकलाप गरेको हुँदा तथा पिडित कलाकार, प्राबिधिकलाइ पर्न गएको समस्यामा समेत संबेदनशील नभएको र यस संकटको घडिमा चलचित्रकर्मीहरुको सहयोगको लागि जुट्नु पर्ने समयमा नेतृत्वकर्ता मार्फतनै असहयोग गरिदैं सहयोगमा जुटेका चलचित्रकर्मीहरुको बिरुद्दमा अफबाह फैलाउदै सामाजिक संजाल मार्फत आफ्नै संघ र संघमा आबद्द कलाकारको चरित्रहत्या तथा मनोबल गिराउने कार्यमा केन्द्रिय समितिको अध्यक्ष संलग्न रहेको हुँदा, मलाई समेत यस्तो नेतृत्व संग काम गर्न असहज महसुस भएको हुँदा आजको मिति बाट म कलाकार राजु बजाज नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको सदस्य पद बाट राजिनामाको घोषणा गर्दछु । यधपी म पदमा रहे पनि नरहे पनि सदैब नेपाली चलचित्र, चलचित्रकर्मी र कालाकारहरुको हकहितमा आवाज उठाउदैं आफुले सकेको सहयोग समेत गर्ने बचन बद्दता सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुक समक्ष जाहेर गर्दछु । तथा यस संकटको घडिमा सम्पूर्ण कलाकर्मी, प्राबिधिक तथा चलचित्रकर्मीहरुलाई फुटेर होइन जुटेर हातेमालो गर्न र एकअर्कामा सहयोगी भावना राख्न समेत अनुरोध गर्दछु । धन्यबाद

राजु बजाज
सदस्य
नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु