चलचित्र ‘चिट्ठी’ को गीतमा शिवको स्वर, सरोजको सङगीत र डा. बरालको शब्द

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

काठमाडौं । माधवराज खरेलको लेखन र निर्देशन रहेको चलचित्र ‘चिट्ठी’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘टुटेको तारा’ शीर्षकको गीतमा विशिष्ट गीतकार डा. कृष्णहरि बरालको शब्द रचना, सरोज कोइरालाको सङ्गीत तथा शिव परियारको स्वर रहेको छ । गीतलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।

कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा सञ्जीत भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन् भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन् भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन् ।

मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्वन्द निर्देशन किरण दाहालले गरेका हुन् । त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ ।

चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य रहेका छन् । काठमाडौं, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पूर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने निर्देशक माधवराज खरेलले बताए । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई सञ्चारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु