चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाल सरकारले अहिले विभिन्न संस्थान, बोर्डहरुमा रिक्त रहेको पदहरुमा धमाधम नियुक्ति दिईरहेको छ । यसै क्रममा चलचित्र विकाश बोर्ड र चलचित्र सेन्सर बोर्डको रिक्त सदस्यमा पनि शुक्रबार नियुक्त गरेको छ । विकाश बोर्ड र सेन्सर बोर्ड सदस्यमा दुई वर्षका लागि नियुक्ती दिईएको हो ।

चलचित्र निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र अभिनेता फनिन्द्रकुमार कटवाल चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका हुन् । त्यसैगरी पत्रकार सन्तोष कुमार थापा र निर्देशक मीनाक्षी कोइराला केन्द्रिय चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु