चीनमा ६ सय चलचित्र हलहरु संचालनमा

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७६, बुधबार

एजेन्सी । चीनबाट नै सुरु भएको कारोना भाइरस (कोभिड–१९) को महामारी यतिबेला विश्वभरि फैलिएको छ । तर, चीनमा अहिले कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । यसैले, विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु खुल्न थालेका छन् ।

भारतीय मिडियाका अनुसार, चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन् । चीन, विश्वको दोश्रो ठुलो बक्स अफिस मानिन्छ ।

हल संचालनमा आएसँगै दर्शकलाई आकर्षण गर्न पुराना चर्चित हलिउड चलचित्र रिलिज गर्ने तयारीमा संचालकहरु छन् । चलचित्र भवनहरुमा अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी भइरहेको बताइएको छ ।

चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकहरुले पाउने गरेका छन् । यस्तै, वितरक वा शेयर होल्डर्सको हातमा ४३ प्रतिशत र सरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । तर, अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने तयारी भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु