नेपाली चलचित्र पत्रकारितामा योगदान पु¥याएका दुई महिला सम्मानित

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०८०, सोमबार

काठमाडौं । नेपाली चलचित्र पत्रकारितामा योगदान पु¥याएका दुई महिला सम्मानित भएका छन् । नेपालकै पहिलो महिला चलचित्र पत्रकार शशिकला मानन्धर र चलचित्र पत्रकार संघकी संस्थापक सदस्य एवं नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ सम्मानित भएका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल, महिला विभागले आयोजना गरेको ‘तीज उत्सव तथा सम्मान कार्यक्रम २०८०’ मा नेपाली चलचित्र पत्रकारितामा योगदान पु¥याएको कदर गर्दै यी दुई महिलालाई सम्मानित गरिएकोे हो ।
तीसको दशकबाटै रंगमञ्च, साहित्य लगायत कला क्षेत्रमा सक्रिय रहेकी शशिकला मानन्धर नेपाली चलचित्र पत्रकारीताको क्षेत्रमा पहिलो पाइला राख्ने महिला हुन् ।

उनले ‘इनाप’, ‘कामना’ ‘गोरखापत्र’ लगायत पत्रपत्रिकामा काम गरेकी थिइन् ।

त्यस्तै चलचित्र पत्रकारको रुपमा करियर शुरु गरेर चलचित्र पत्रकार संघको संस्थापक सदस्य भएर नेपालकै पहिलो महिला निर्देशक हुन् सुचित्रा श्रेष्ठ । उनी नेपालको पहिलो महिला निर्देशक समेत हुन् । उनले निर्देशन गरेको चलचित्र ‘प्रेम युद्ध’ हो ।

कार्यक्रम वरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सभाध्यक्ष भने चलचित्र पत्रकार संघको महिला विभाग संयोजक दीपज्योति थापाले गरेकी थिइन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समिर बलामी, वरिष्ठ चलचित्र पत्रकार एवं कोरियोग्राफर जयन सुब्बा मानन्धर, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी सबी कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सञ्चारकर्मी सुष्मा श्री कार्कीले सहजीकरण गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु