• मल्टिस्टारर ‘लाखे’ ३१ भदौमा

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

    काठमाडौं । मल्टिस्टारर फिल्म ‘लाखे’ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन् । सम्राट बस्नेत निर्देशीत फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ ।

    महंगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,अर्पण थापा,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी ९जिएम० को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

    ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो । फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताएका छन् । उनले केही समयमै फिल्मको फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु