चलचित्र ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७५, मंगलवार

श्रावण १, काठमाडौं। चलचित्र ‘मालिका’को ‘हल्का माया‘’ गीत सार्वजनिक भएको छ । रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’को पहिलो गीत ‘हल्का माया‘’ सार्वजनिक भएको हो ।

अभिनेत्री रेखा थापा फिचर्ड गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी गीतमा अञ्जु पन्तको सोलो स्वर छ ।

नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीको सङगीत रहेको छ । राजधानीमा मंगलाबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा देश जोड्ने कुरा गरिएको अभिनेत्री थापाले बताइन् । रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्र यस वर्षको लक्ष्मीपूजा कातिक १२ गतेमा दर्शकमाझ आउँदै छ ।

शिवम अधिकारीको लेखन पटकथा रहेको चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु