विश्वमै पहिलो पटक कोरोनाको नाममा बन्ने भो चलचित्र !

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७६, आईतवार

एजेन्सी । कोरोना भाइरसको कारण कतिपय देशमा संकटकाल घोषणा भएको बेला, विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई महामारीको संज्ञा दिएको छ । तर यसै मौकाको फाइदामा उठाउदै हिंदी फिल्म उद्योगले यसबारे फिल्म बनाउने तयारी गरिरहेको छ ।
भारतिय मिडियाका अनुसार बाजिराव मस्तानी, तनु वेड्स मनु रिटन्र्स, बदलापुर फिल्म निर्माण गरेको इरोज इन्टरनेसनल कम्पनीले नै यस बारे फिल्म बनाउन लागेको हो । उक्त फिल्मको नाम ‘कोरोना प्यार है’ रहने छ ।
यो फिल्म नै विश्वमा कोभिड १९ को नाममा बन्न लागेको पहिलो फिल्म हुने भएको छ ।
तर,अहिले काम चलिरहेको र यसको योजना बनाउन केही दिन लाग्ने भएकाले यो फिल्ममा अभिनेता तथा अभिनेत्री फाइनल नभइसकेको निर्मार्ता क्रिशिका लुल्लाले बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु