चलचित्र पत्रकार संघको कल्याणकारी कोषमा ‘श्री’को सहयोग

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७८, सोमबार

काठमाडौंँ । चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि प्रदर्शनरत फिल्म ‘श्री’ २५ हजार सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो । फिल्मकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन् ।

कार्यक्रममा फिल्म ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत जानकारी दिइयो । एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको फिल्म ‘श्री’ २७ चैत्रबाट प्रदर्शनमा आएको थियो ।

सविता गुरुङको निर्माण रहेको फिल्ममा सन्दीप छेत्री र भोला सापकोटा, सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजाराम पौडेल, रवीन्द्र झा, सविता गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु